प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN
माघ २०७८
काठ सहित सवारी नियन्त्रणमा
२०७८-१०-२०

चितवन, ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले गोप्य सुराकीको आधारमा राप्ती नगरपालिका-६ पम्फापुल नजिक पुर्व पश्चिम राजमार्गमा राप्ती नगरपालिका-१० दोबाटे तर्फबाट आईरहेको बागमती प्रदेश, ०३, ००१ च १३७१ नम्बरको टाटा योद्दा भ्यानलाई रोक्न खोज्दा नरोकी खैरहनि तर्फ भगेकोमा प्रहरीले पिछा गर्दै जाँदा खैरहनि नगरपालिका-१ सिमलघारीबाट उक्त गाडिलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडिमा लुकाई छिपाई ल्याएको सालको चिरेको तयारी काठ अन्दाजी २९ क्यू . फिट फेला परेको, उक्त गाडि, बरामद भएको सालको काठ र चालक सहित निम्न ३ जना मानिसहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।                                                 निम्नः-१.     चालक जिल्ला चितवन रत्ननगर नगरपालिका-४ वस्ने बर्ष ३३ को राजकुमार मर्दनिया२.     सवार जिल्ला चितवन, राप्ती नगरपालिका-१० वस्ने बर्ष २० को योगेन्द्र चेपाङ३.     जिल्ला चितवन कालिका नगरपालिका-११ वस्ने बर्ष २१ को रामलाल चेपाङ  

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-१८

मकवनापुर, राक्सिराङ गाउँपालिका-५ चैनपुर बगर स्थित प्रहरीले लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय मनहरी बाट प्रहारी निरिक्षकको कमाण्डमा खटिएको गस्ती टोलीले बिशेष सुचनाको आधारमा चैनपुर मनहरी सडक खण्डमा लागुऔषध गाँजा सहित मानिस नियन्त्रणमा लिएको छ । नियन्त्रणमा आउने सोहि गाउँपालिका-५ बस्ने ३६ वर्षीय राम कुमार प्रजा रहेका छन् । ठाडेचुरी बाट घट्टे खोला तर्फ जाँदै गरेको ४/५ जना मानिसहरु पिठ्युमा बोरा बोकी हिडी रहेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देख्ना साथ पिठ्युमा बोकेको बोरा फाली भाग्न खोज्दा उक्त प्रहरीको टोलीले निज राम कुमार प्रजालाई नियन्त्रणमा लिएको हो । अन्य मानिसहरु फरार रहेको निजहरुको खोजतलास कार्य प्रहरीले जारी राखेको छ । उक्त बोरा खोली हेर्दा बोरा भित्र लागुऔषध गाँजा अन्दाजी १ क्विनटल १० किलोग्राम फेला परेको छ । घट्नाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-१०-१४

मकवनपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले हेटौडा उपमहानगरपालिका-४ कपुर कम्प्लेक्स स्थित बाट र सोहि उपमहानगरपालिका-१० बस पार्क स्थितबाट लागुऔषध सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष टोलिले बा २४ प ४५९५ नं.को मोटरसाईकल लाई रोकि चेकजाँच गर्दा मोटरसाईकल चालक हेटौडा उपमहानगरपालिका-४ हुप्राचौर बस्ने २४ वर्षीय अनिल कुमार तामाङलाई लागुऔषध सहित नियन्त्रणमा लिएको हो । निजको साथबाट लागुऔषध नाईट्रोभेट- ४८ पिस फेला परेको थियो । साथै सोहि टोलिले हेटौडा उपमहानगरपालिका-१० बस पार्क स्थितमा बसिरहेको एक युवक माथि शंका लागी निजलाई चेकजाँच गर्दा जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका-२२ बस्ने २३ वर्षीय अनिस तामाङ लाई समेत नियन्त्रणमा लिएको हो । निज अनिस तामाङको साथबाट लागुऔषध नाईट्रोभेट ६९ पिस फेला पारेको थियो । प्रहरीले दुबैलाई थप अनुसन्धनको लागी जि.प्र.का.मकवानपुर ल्याई आवश्यक कारबाही गरिरहेको छ । 

अधिक लोड >>
कम देखाउनुहोस् <<